डलरको मूल्य स्थिर, अन्य देशको मुद्राको विनिमयदर कति ?
नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजको अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ९३ पैसा र बिक्री दर १२१ रुपैयाँ ५३ पैसा कायम गरेको छ । यो अमेरिकी डलरको विनिमय दर पछिल्लो १७ महिनाकै उच्च हो । यो मूल्य दुई दिनदेखि स्थिर छ ।
युरोपियन युरो आज एकको खरिद दर १३६ रुपैयाँ २९ पैसा र बिक्री दर १३६ रुपैयाँ ९६ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ २१ पैसा र बिक्री दर १६१ रुपैयाँ कायम छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ३५ पैसा र बिक्री दर ८६ रुपैयाँ ७८ पैसा छ । जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ६४ पैसा र बिक्री दर १० रुपैयाँ ६९ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ०१ पैसा र बिक्री दर १९ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
आज साउदी अरबियन रियाल आज एकको खरिददर ३२ रुपैयाँ २४ पैसा र बिक्री दर ३२ रुपैयाँ ४० पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ९७ पैसा र बिक्री दर ३३ रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७५ पैसा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी सरकारबाट मन्त्री फिर्ता बोलाउने कांग्रेसको तयारी
-
बेचन झा केन्द्रीय कारागारबाट छुटे
-
अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरिने
-
रत्नपार्कमा माइक्रोबसको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
स्पेनसामु किन निरीह देखियो फ्रान्स ? इङ्ल्यान्ड र अर्जेन्टिनामा कुन बलियो ? (भिडियो)
-
नियम विपरीत शैक्षिक उपाधि लिएका सिएमजी युनिभर्सिटीका १३ जनाको समकक्षता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण