बेलायतमा एकै दिन झन्डै ६० हजार सङ्क्रमित
लन्डन । बेलायतमा कोरोना सङ्क्रमण तीव्र रूपमा बढ्न थालेको छ । मंगलबार एकै दिन झन्डै ६० हजार सङ्क्रमित थपिएका छन्। ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ५९ हजार ६१० सङ्क्रमित फेला परेका छन् । यो सङ्ख्या जनवरीयताकै उच्च हो । यसैसँगै बेलायतमा हालसम्म कोरोनाका सङ्क्रमितको सङ्ख्या एक करोड ९ लाख ३२ हजार ५४५ पुगेको छ ।
यसै गरी कोरोनाका कारण बितेको २४ घण्टामा १५० जनाको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या एक लाख ४६ हजार ६२७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७९३ जना सङ्क्रमित अस्पताल भर्ना भएका छन् भने हाल अस्पतालमा उपचार गराइराखेका सङ्क्रमितको सङ्ख्या ७ हजार ६ सय ७२ रहेको छ । यस्तै ९०० सङ्क्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।
बेलायतमा हालसम्म कोरोनाविरुद्धको १२ करोड २१ लाख ७८ हजार ८९८ डोज खोप वितरण भइसकेको छ । जसमध्ये पाँच करोड १२ लाख ९८ हजार ८३८ जना अर्थात् ८९.२ प्रतिशतले खोपको पहिलो डोज र ४ करोड ६८ लाख ४ हजार ६०९ जना अर्थात् ८१.४ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्याङ्कमा उल्लेख छ । यसै गरी २ करोड ४० लाख ७५ हजार ४५१ अर्थात् ४१.९ प्रतिशतले बुस्टर डोज लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण