महामन्त्री पदको मतपरिणाम आएलगत्तै काँग्रेस केन्द्रीय कार्यालय परिसरमा जे देखियो (फोटोफिचर)
बिहीबार, ०१ पुस २०७८, १६ : ३१
नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा यसबेला निकै भीड छ । १४ औं महाधिवेशन अन्तर्गत महामन्त्री पदका उम्मेदवारहरूको मतपरिणाम सार्वजनिक भएसँगै केन्द्रीय कार्यालयमा नेता कार्यकर्ताहरूको भीड लागेको हो । काँग्रेस महामन्त्रीमा युवा नेताहरु गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।
नेताद्वय थापा र शर्मालाई शुभकामना दिन नेता कार्यकर्ताहरु कार्यालयभित्र र बाहिर भीड लागेका हुन् । विजयी नेताहरु गगन थापा र विश्वप्रकाश शर्मा पनि केन्द्रीय कार्यालय पुगेका छन् । उता, महामन्त्रीमा पराजित प्रदीप पौडेल लगायतका नेता कार्यकर्ताहरु पनि थापा र शर्मालाई बधाई दिन सानेपा पुगेका छन् ।
नेताद्वय थापा र शर्माले कार्यालय परिसरमा उपस्थित कार्यकर्ताहरूलाई सम्बोधन समेत गरेका छन् ।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सुर्य फेरि उदाउँछ’
-
रास्वपा महामन्त्रीको अभिव्यक्तिप्रति त्रिवि स्ववियुको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण