मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

महामन्त्री पदको मतपरिणाम आएलगत्तै काँग्रेस केन्द्रीय कार्यालय परिसरमा जे देखियो (फोटोफिचर)

बिहीबार, ०१ पुस २०७८, १६ : ३१
बिहीबार, ०१ पुस २०७८

नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा यसबेला निकै भीड छ । १४ औं महाधिवेशन अन्तर्गत महामन्त्री पदका उम्मेदवारहरूको मतपरिणाम सार्वजनिक भएसँगै केन्द्रीय कार्यालयमा नेता कार्यकर्ताहरूको भीड लागेको हो । काँग्रेस महामन्त्रीमा युवा नेताहरु गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।

नेताद्वय थापा र शर्मालाई शुभकामना दिन नेता कार्यकर्ताहरु कार्यालयभित्र र बाहिर भीड लागेका हुन् । विजयी नेताहरु गगन थापा र विश्वप्रकाश शर्मा पनि केन्द्रीय कार्यालय पुगेका छन् । उता, महामन्त्रीमा पराजित प्रदीप पौडेल लगायतका नेता कार्यकर्ताहरु पनि थापा र शर्मालाई बधाई दिन सानेपा पुगेका छन् ।

नेताद्वय थापा र शर्माले कार्यालय परिसरमा उपस्थित कार्यकर्ताहरूलाई सम्बोधन समेत गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप