क्यानका अध्यक्षलाई प्रधानमन्त्री देउवाको फोन : खेलाडीको कारवाही के हो ?
प्रधानमन्त्री शेरबहादुर देउवाले क्रिकेट खेलाडीहरुलाई नेपाल क्रिकेट संघ (क्यान) ले गरेको कारवाहीका विषयमा चासो राख्दै सोधखोज गरेका छन् । शुक्रबार बिहान सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटवार्तापछि प्रधानमन्त्री देउवाले नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलाई फोन गरेर खेलाडीलाई कारवाही गरेको विषय के हो ? भनेर प्रश्न गरेका थिए ।
‘क्यानमा के गरेको हो यो ? प्रचण्डजीले पनि यसमा चासो राख्नुभएको छ, मिलाउनुुस् है’, प्रधानमन्त्री देउवाले अध्यक्ष चन्दलाई फोनमा भनेका थिए । माओवादी अध्यक्ष प्रचण्डको सचिवालयले पनि प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच क्यानले गरेको कारवाहीबारे छलफल भएको पुष्टि गरेको छ ।
क्यानको बुधबार बसेको बोर्ड बैठकले राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई पदमुक्त गरेको थियो । क्यानले अनुशासनसम्बन्धी आचारसंहिता उल्लङ्घनको आरोपमा मल्ल र दीपेन्द्रसहित सोमपाल कामी र कमलसिंह ऐरीलाई सन् २०२२ को सेन्ट्रल कन्ट्रयाक्टमा सुरूको ६ महिना सहभागिता नगराउने निर्णय समेत गरेको थियो । मल्लको पदमुक्तपछि क्यानले राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा युवा लेग स्पिनर सन्दीप लामिछानेलाई नियुक्त गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण