प्रदेश २ मा कारोना सङ्क्रमित बढ्दै
पछिल्लो समय प्रदेश २ मा स्थिर रहेको कोरोना सङ्क्रमण दर पुनः बढ्न थालेका छ । गत मङ्सिर अन्तिम सातासम्म सङ्क्रमण दर घट्दै गएकामा अहिले पुनः बढ्न थालेको जनाउँदै स्वास्थ्य कार्यालयले सर्तकता अपनाउन आग्रह समेत गरेको छ । स्वास्थ्य निर्देशनालयका अनुसार विगत एक साताको अवधिमा सङ्क्रमितको सङ्ख्या झण्डै दोब्बरले वृद्धि भएको छ ।
नयाँ सङ्क्रमित थपिएकामध्ये अधिकांश धनुषाकै रहेको निर्देशनालयले जनाएको छ । गत मङ्सिर १८ गते प्रदेशमा ३४ कोरोना सङ्क्रमित रहेकामा यही पुसको ३ गतेसम्ममा सङ्क्रमितको सङ्ख्या ६५ पुगेको स्वास्थ्य निर्देशक विजय झाले जानकारी दिए । ती मध्ये ६२ होम आइसोलेशनमा रहेका छन् भने तीन चिकित्सकको निगरानीमा छन् ।
प्रदेशमा ६५ कोरोना सङ्क्रमित रहेकामा धनुषामा मात्र ३५ सक्रिय सङ्क्रमित छन् । त्यस्तै महोत्तरीमा १६, सिरहामा पाँच, सर्लाहीमा तीन, पर्सामा चार, सप्तरीमा एक र बारामा एक जना कोरोनाको सक्रिय सङ्क्रमित रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण