मन्त्रीले हेमा मालिनीको गाला सडकसँग तुलना गरेपछि.....
भारतको महाराष्ट्रका जल आपूर्ति तथा स्वच्छता मन्त्री गुलबाराव पाटिलले सडकको तुलनामा नायिका तथा भाजपा सांसद हेमा मालिनीको गालासँग गरेका छन् । वास्तवमा आइतबार एक राजनीतिक र्यालीमा उनी समावेश भएका थिए । गुलाबरावले आफ्नो बयानमा भनेका थिए, ‘जो ३० वर्षदेखि सांसद रहेका छन्, उनीहरु मेरो विधानसभा क्षेत्रमा आउनुपर्छ र यहाँका सडक हेर्नुपर्छ । यदि सडक हेमा मालिनीका गालाजस्ता छैनन् भने म राजिनामा दिनेछु ।’
मलाई यस्ता खालका कमेन्ट मन पर्दैनः
हेमा मालिनीले महाराष्ट्रका मन्त्री गुलाबराव पाटिलको बयानमा आफ्नो प्रतिक्रिया दिँदै भने, ‘मैले आफ्नो गालालाई राम्रोसँग सुरक्षित रुपमा राख्दा नै राम्रो हुनेछ । मलाई यस्ता खालका प्रतिक्रिया मन पर्दैनन् । ’
उनले थपिन्, ‘सडक र मेरा गालाको तुलना गर्ने ट्रेन्ड सबैभन्दा पहिला लालू प्रसाद यादवले गरेका थिए । त्यसपछिदेखि सुरु भएको यो ट्रेन्ड अहिले पनि जारी छ । यस्तो गरिनँ हुँदैन । कुनै पनि महिलाबारे यस्ता कुरा कसैले पनि गर्नु हुँदैन ।’
गुलाब राव पाटिलले माफी मागेः
बयानका कारण विवाद सुरु भएपछि मन्त्रीले आफ्नो बयानमा माफी माग्दै भने, ‘मेरो उद्देश्य कसैलाई चोट पुर्याउनु थिएन । मलाई आफ्नो कमेन्टका लागि खेद छ । म त्यो शिवसेनासँग सम्बन्धित छु जसका आइडल छत्रपति शिवाजी महाराज हुन् । हाम्रो पार्टीका संस्थापक बाला साहेब ठाकरेले हामीलाई महिलाको सम्मान गर्न सिकाएका छन् ।’
सञ्जय रावतले पनि दिए बयानः
गुलाबरावको बयानपछि यो विवादमा सांसद सञ्जय राउतले पनि प्रतिक्रिया दिएका छन् । उनले भने, ‘यस्ता खालका तुलना पहिला पनि भएको छ र यसलाई हेमाजी प्रतिको सम्मानको रुपमा हेर्नुपर्छ । हामी उनको इज्जत गर्छौं । यसलाई नकारात्मक रुपमा हेरिनु हुँदैन । यसअघि बिहारका पूर्व मुख्यमन्त्री लालू यादवले पनि यस्तै उदाहरण दिएका थिए ।’
हेमाको राजनीतिक यात्राः
हेमा मालिनी सन् २००३ देखि भाजपाकी राज्यसभा सांसद हुन् । सन् २०१४ मा भाजपाको टिकटबाट मथुराबाट चुनाव जितेर उनी लोकसभा पुगेकी हुन् । हेमालाई अन्तिम पटक फिल्म ‘शिमला मिर्ची’ मा देखिएको थियो । यसमा उनीसँग राजकुमार राव र रकुल प्रित सिंह देखिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
-
नयाँ प्रणालीबाट ८ हजारभन्दा बढी राहदानी छापियो, प्राविधिक समस्या समाधान भइरहेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण