आतंकवाद विरोधी युद्धमा पाकिस्तान सहभागी हुनु गम्भीर भूल : इमरान खान
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानमा आतंकवाद विरोधी २० वर्ष लामो अमेरिकी युद्धमा पाकिस्तान सहभागी हुनु गम्भीर भूल भएको बताएका छन् । सर्वसाधारणको हितभन्दा पनि ‘डलर’का लागि देश युद्धमा होमिएको उनले बताए ।
राजधानी इस्लामाबादमा विदेश मन्त्रालयका अधिकारीहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले भने, ‘अमेरिकी युद्धमा पाकिस्तान संलग्न हुनुको कारण मलाई राम्रोसँग थाहा छ । तर, आम पाकिस्तानीलाई यसबारे कुनै जानकारी दिइएन, ’ उनले भने ।
सन् २००१ मा तत्कालिन सेना प्रमुख जनरल पर्भेज मुसरफले आतंकवादविरुद्धको अमेरिकी युद्धमा पाकिस्तानले पनि सहयोग गर्ने घोषणा गरेको थिए ।
एक प्रसंगमा प्रधानमन्त्री खानले पाकिस्तानले अफगानिस्तानलाई निरन्तर सहयोग गर्ने बताए । खानले यसअघि पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) र पूर्वप्रधानमन्त्री नवाज सरिफको पार्टी पाकिस्तान मुस्लिम लिग–नवाजको विरोध गरेका थिए ।
पाकिस्तान तेहरिक–इ–इन्साफ पार्टीका प्रमुखसमेत रहेका खानले पाकिस्तान मुस्लिम लिग–नवाज र पीपीपीको आलोचना गर्दै ती पार्टी नभएर केबल परिवारको विरासत मात्र भएको आरोप लगाएका थिए ।
ती पार्टीका नेताहरुले भ्रष्टाचारको प्रबर्द्धन गरेको र देशलाई तहसनहस गरेको उनले आरोप लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण