‘तमु ल्होसार’को अवसरमा आज सार्वजनिक बिदा
गुरुङ समुदायले आज बिहीबार‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । यो पर्वलाई नयाँ वर्षको आगमनका रुपमा मनाइन्छ । जानकारहरुका अनुसार ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिन्छ । सरकारले तमु ल्होसारका अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।
यो पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेका जिल्ला लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत हुन् । १५ पुसको रात सबैभन्दा लामो हुने जनविश्वास छ । यसपछिका रात घट्दै जाने गर्छ । तमु ल्होसारका अवसरमा गण्डकी प्रदेश र विभिन्न स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।
पश्चिम नेपालमा पुसे १५
वर्षको सबैभन्दा लामो रात मानिने १५ पुसलाई पश्चिम नेपालको पहाडी जिल्लामा पुसे १५का रुपमा मनाइन्छ । यो पर्वमा एकआपसमा कथा, दन्त्यकथा, गाउँखाने कथा सुन्ने सुनाउने गरिन्छ । यो पर्व डोटेली लोकसंस्कृतिमा ‘पुसे १५’का रूपमा चिनिन्छ ।
१५ पुसको रातिको समयमा एक ठाउँमा भेला भएर गरिने आगो तापेर रातभर जाग्राम बस्ने, जाग्राम बसेका बेला विशेष गरी चामलको पिठोबाट बनेको ढुकढुके रोटी, तरुल, पिँडालु, सखरखण्ड लगायतका कन्दमूलका साथै पाकेको फर्सी उसिनेर खाने प्रचलन छ ।
१५ गते बेलुकी प्रत्येकको घरमा ढुकढुके रोटी पकाइन्छ । टोलटोलमा समेत सामूहिक रूपमा पनि रोटी पकाउने तथा रातभर रोटी खाएर वृद्धवृद्धाबाट लोककथा, गाउँखाने कथा सुन्ने सुनाउने प्रचलन छ । पर्वमा विवाहिता छोरीलाई पनि घरमा आमन्त्रण गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
-
श्रेयस अय्यरको कप्तानीमा भारतले जित्यो पहिलो सिरिज, जिम्बावे दोस्रो खेलमा ९० रनले पराजित
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण