पार्टी एकतालाई मध्यनजर गर्दै माओवादीमा वरिष्ठ नेताको व्यवस्था गर्न माग
नेकपा माओवादी केन्द्रमा वरिष्ठ नेताको व्यवस्था गर्न माग भएको छ । राष्ट्रिय महाधिवेशन अन्तरगत जारी बन्दसत्रमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने क्रममा समूह १३ का टोली नेता गोपाल शर्माले भविष्यमा हुनसक्ने पार्टी एकतालाई मध्यनजर गर्दै विधानमा वरिष्ठ नेताको पनि व्यवस्था गर्न माग गरेका हुन् ।
‘सम्भावित पार्टी एकताको ध्यान दिँदै वरिष्ठ नेताको व्यवस्था समेत हुनुपर्छ’, उनले भने। नेताहरुका अनुसार निकट भविष्यमा माधव नेपाल लगायतसँग पार्टी एकता हुनसक्ने भएकाले अहिले नै विधानमा स्पष्ट गरेर जानुपर्ने आशय शर्माले राखेका हुन् ।
माओवादीको विधान संशोधन प्रस्तावमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, उपमहासचिव र कोषाध्यक्षको मात्रै व्यवस्था गरिएको सन्दर्भमा बन्दसत्रमा वरिष्ठ नेता समेतको व्यवस्था गर्न माग भएको हो । यस्तै नेतृत्व चयनका लागि प्रत्यक्ष निर्वाचित प्रणालीको व्यवस्था हुनुपर्ने पनि शर्माले सुझाव दिए ।
सबैलाई समेटेर महाधिवेशनबाट मात्रै पदाधिकारीको टुंगो लगाइनुपर्नेमा उनले जोड दिए । संविधानको व्यवस्थाअनुसार कमिटी समानुपातिक समावेशी हुनुपर्ने भन्दै उनले पार्टीलाई गतिशील बनाउन प्रभावकारी योजना हुनुपर्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण