बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

महोत्तरी काँग्रेसमा विवाद : भोक हडताल सुरु

बुधबार, २१ पुस २०७८, ०९ : ५७
बुधबार, २१ पुस २०७८

नेपाली काँग्रेस महोत्तरीले २७ पुसमा निर्धारण गरेको जिल्ला अधिवेशन अस्वीकार गर्दै आजदेखि भोक हडताल थालेको छ । महोत्तरीको क्षेत्र नम्बर ३ को अधिवेशन नै नसकी जिल्ला अधिवेशनको मिति निर्धारण गरेको भन्दै महोत्तरी काँग्रेसले आपत्ति जनाउँदै बुधबारदेखि भोक हडताल थालेको हो  ।

महोत्तरी काँग्रेसले मंगलबार केन्द्रलाई ध्यानाकर्षण पत्रसमेत पठाएको जनाएको छ । महोत्तरी काँग्रेसका कार्यवाहक अध्यक्ष शम्भु नारायण पाठकले सो पत्रमा क्रियाशील सदस्य तथा अधिवेशनमा भाग लिनेहरूलाई पाखा लगाइ जिल्ला अधिवेशनको मिति तोक्नु षडयन्त्रपूर्ण र सुनियोजित भएको उल्लेख गरेका छन्  ।

यता निर्वाचन क्षेत्र नम्बर ३ को विवाद नसुल्झाई विधि र विधान विपरीत जिल्ला अधिवेशनको मिति निर्धारण गर्नु दुःखद  भएको बताउँदै यहाँको समस्या समाधान नहुञ्जेलसम्मा भोक हडतालमा बस्ने पूर्व जिल्ला सचिव बजरङ्ग नेपालीले बताए । उनले विवादित ठाउँहरूको समस्या नटुङ्गाएसम्म अधिवेशन गरे भोक हडताल जारी राख्ने स्पष्ट पारे । नेता नेपालीले हडताललाई मध्यनजर गर्दै क्षेत्रीय अधिवेशन सकेपछि मात्रै जिल्ला अधिवेशनको मिति निर्धारण गर्न माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप