मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

बिहीबार, २२ पुस २०७८, ०८ : १४
बिहीबार, २२ पुस २०७८

नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्रबैँकले आजको अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११९ रुपैयाँ २८ पैसा कायम गरेको छ ।

युरोपियन युरो आज एकको खरिददर १३४ रुपैयाँ १९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८७ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ६२ पैसा र बिक्रीदर १६१ रुपैयाँ ४३ पैसा कायम छ ।  

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ०३ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४६ पैसा छ ।  जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ २५ पैसा र बिक्रीदर १० रुपैयाँ ३० पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ६४ पैसा र बिक्री दर १८ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप