बिनोद चौधरीको पद खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयी बिनोद चौधरीलाई पदमुक्त गर्नुपर्ने माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । केन्द्रीय समिति सदस्यमा निर्वाचित चौधरीले क्रियाशिल सदस्यता लिएको १० बर्ष नपुगेको र उनी उम्मेदवार हुन अयोग्य भन्दै सिरहा क्षेत्र–३ का महासमिति सदस्य डा. सुभाषचन्द्र यादवले चौधरीविरुद्ध उजुरी दिएका हुन् ।
सानेपास्थित निर्वाचन समितिलाई मौखिक रुपमा बारम्बार भन्दा पनि सुनवाई नभएको उल्लेख गर्दै राजनीतिक दलसबन्धी ऐनलाईसमेत जोडेर गत महाधिवेशनमा खुल्ला मधेशीतर्फ छैठौं स्थानको मत प्राप्त गरेका यादवले चौधरीलाई पदमुक्त गर्न आयोगमा निवेदन दिएका हुन । चौधरीलाई पदमुक्त गरी सो स्थानमा आफुलाई बिजयी घोषित गर्न डा. यादवले माग गरेका छन् ।
कांग्रेसको विधान, २०१७ को परिच्छेद ७ दफा २१ ९८० मा १० वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएको महाधिवेशन प्रतिनिधिबाट ४ महिलासहित ९ जना मधेसी केन्द्रीय सदस्य रहने व्यवस्था रहेको निवेदनमा स्मरण गराइएको छ ।
‘मधेसी खु्ला पदमा निर्वाचित भनिएका विनोद चौधरी नेपाली कांग्रेसमा निरन्तर १० वर्ष क्रियाशील सदस्य नभएको निज २०७४ सालमा मात्र नेपाली कांग्रेसमा प्रवेश गरेकोले निजको केन्द्रीय सदस्यमा उम्मेदवार नै हुन नपाउने स्पष्टै छ, ’ उजुरीमा अगाडि भनिएको छ ।
निर्वाचनमा डा. यादव चौधरीसँग पराजित भएका थिए । ‘नेपाली कांग्रेसको विधान विपरित निर्वाचित भनिएका विनोद चौधरीको सम्बन्धमा नेपाली कांग्रेस केन्द्रीय कार्यालय र कांग्रेस केन्द्रीय निर्वाचन समितिमा उजुरी गर्दा पनि कुनै सुनुवाई नगरेबाट राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४, १५, १७, ५७ समेतको आधारमा प्रस्तुत उजुर निवेदन पत्र पेस गरेको छु,’ यादवले उजुरीमा भनेका छन । यादवले चौधरी एमालेमा रहेको प्रमाणसमेत पेस गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण