विनोद चौधरीलाई काँग्रेस केन्द्रीय सदस्यबाट पदमुक्त नगरे अदालत जान्छु : यादव
नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा मधेसी खुलाबाट विजयी विनोद चौधरीलाई केन्द्रीय सदस्यबाट पदमुक्त नगरे अदालत जाने डा. सुवासचन्द्र यादवले बताएका छन् ।
क्रियाशील सदस्यता लिएको १० वर्ष नपुगेका व्यक्ति केन्द्रीय समितिमा जान नसक्ने विधानको प्रावधानविपरीत चौधरीलाई ‘बलमिच्चाई गरेर’ विजयी बनाएको भन्दै उनीसँग पराजित यादवले न्याय नपाए अदालत जाने बताएका हुन् ।
‘चौधरीजीले मनोनयन दर्ता गर्ने बेलामा नै मैले उजुरी दिन खोजेको थिएँ तर मेरो उजुरी त्यो बेला लिइएन, त्यसपछि निर्वाचन समितिमा संयोजक कृष्णगोपाल घिमिरेलाई उजुरी लिन नमानेको बारेमा जानकारी गराएँ,’ यादवले न्युज कारखानासँग भने, ‘तर, उहाँले विधानले नदिए पनि पार्टीबाट लेखाएर आउनु भएको छ भन्ने कुरा गर्नुभयो, मैले भने कसैले लेखाएर हुने भए विधान किन बनाउनु पर्यो तर उहाँले कुनै जवाफ दिनु भएन ।’
उनका अनुसार १६ मङ्सिरमा दिएको उजुरी काँग्रेस केन्द्रीय कार्यालयले १ सय ३५ दर्ता नम्बरमा चार दिनपछि अर्थात् २० पुसमा दर्ता गरेको छ ।

चौधरीको उम्मेदवारीविरुद्ध अरू कसैले पनि उजुरी गरेको तर निर्वाचन समितिले सुनवाइ नगरेको जानकारीमा आएको उनले जनाएका छन् ।
‘उहाँको उम्मेदवारीविरुद्ध अरूले पनि उजुरी गरेका रहेछन् तर निर्वाचन समितिले कुनै सुनवाइ गरेन, त्यसबेला सुनवाइ नगरेको र विजयी भएपछि पनि सुनवाइ नगरे पछि म निर्वाचन आयोग गएको हुँ,’ यादवले भने, ‘आयोगले आन्तरिक मामिला भने पनि उजुरी भने दर्ता गरेको छ, यदि आयोगले पनि निकास दिएन भने म अदालत जानेछु ।’
निर्वाचन आयोगले यादवको उजुरीलाई दर्ता नम्बर ११२६ मार्फत सम्बोधन गरेको छ । मधेसी खुलातर्फका उम्मेदवार यादव छैटौँ स्थानमा रहेर पराजित भएका थिए तर १० वर्ष क्रियाशील सदस्यता नभएका चौधरीलाई उम्मेदवार मात्रै नभई विजयी पनि बनाएको भन्दै यादवले काँग्रेसको निर्वाचन समिति, सानेपा र निर्वाचन आयोग, कान्तिपथ दुवैमा लिखित उजुरी हालेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
