एमाले जिल्ला अधिवेशनको चहलपहल, तस्बिर हेर्नुहाेस्

प्रतिकूल मौसम र आन्तरिक तयारीका कारण स्थगन भाकाबाहेक ६० भन्दा बढी जिल्लामा आज एकै दिन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) जिल्ला अधिवेशन सुरु भएको छ । सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक अधिकांश जिल्ला कमिटीका अधिवेशन हुन लागेको हो । महाधिवेशन पूर्व एमालेले पालिकास्तरको अधिवेशन एकै दिन गरेको थियो । पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट भूगोल र विशेष क्षेत्रका जिल्लाको अधिवेशनको थापाथलीस्थित केन्द्रीय कार्यालयको ‘एक्सन रूम’बाट एकैसाथ ‘भर्चुअल’ रूपमा उद्घाटन गरेका छन् ।
एमालेका केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार चिसो मौसम र आन्तरिक तयारी अपुग भएका हिमालीलगायत १६ जिल्लामा आज अधिवेशन तोकिए पनि स्थगन भएको छ । मौसमी प्रतिकूलताका कारण जिल्ला अधिवेशन आयोजना गर्न नसकिने हिमाली जिल्लाका हकमा केन्द्रीय कार्यालयसँगको परामर्शमा अर्को मिति तोकिनेछ ।
गत मङ्सिर १० देखि १४ गतेसम्म चितवनमा भएको दशौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको मङ्सिर २५ र २६ गते भक्तपुरमा सम्पन्न दोस्रो पूर्ण बैठकले यही पुस २३ गतेका लागि जिल्ला र आगामी माघ ८ गतेका लागि पार्टीको प्रदेश अधिवेशन गर्ने निर्धारण गरेको थियो । महाधिवेशनमा ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौँ, जबजको मार्गदर्शनमा समाजवादका आधार निर्माण गरौँ’ भन्ने मूल नारा तय गरेको एमालेले जिल्ला अधिवेशनको तयारीका लागि सम्बन्धित कमिटीलाई परिचालन गरेको छ । ती जिल्लाबाट केन्द्रीय नेतृत्वमा पुगेका नेता तथा तोकिएका जिल्ला इञ्चार्ज गृहजिल्लामा पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्ट क्रिकेटबाट रोहित शर्माले लिए सन्न्यास
-
टेस्ट क्रिकेटबाट रोहित शर्माले लिए सन्न्यास
-
सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठकले गर्यो यी चार निर्णय
-
कर्मचारीमाथि कुटपिट आराेपमा वडाध्यक्ष पराजुली पक्राउ
-
भारत र पाकिस्तानबीच बढ्दो तनावबारे रुसले के भन्याे ?
-
बुलेट छाडेर ब्यालेटको बाटोमा विप्लव, ०८४ को चुनावमा होमिँदै