नेकपा एमाले देशकै ठुलो शक्ति : उपाध्यक्ष पौडेल
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले देशकै प्रमुख शक्ति भएको दाबी गरेका छन् । उनले नेकपा एमालेलाई कमजोर पार्ने षडयन्त्र भएको भन्दै अहिले महाधिवेशनले त्यसलाई असफल पारेर देशको प्रमुख शक्ति एमाले नै हुने सन्देश दिएको बताए । उनले एमाले विभिन्न प्राविधिक कारणले प्रतिपक्षमा रहे पनि जनताले भर गरेको र संगठनात्मक शक्तिको आधारले देशको नेता भएको दाबी गरे ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ९ औँ जिल्ला अधिवेशन भैरहवामा उद्घाटन गर्दे नयाँ वर्ष लगत्तै मुलुक निर्वाचनमा होमिने भएकोले तीनै तहको नेकपा एमालेले आफूलाई प्रमुख साबित गर्नु पर्ने बताए । उनले एमाले जनताको पार्टी र साथी रहेको कार्यकर्ताहरू उत्साहपूर्वक लाग्न निर्देशन दिए ।
कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रीय सचिव एवम् लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले जनताको जनमतबाट नेकपा एमाले फेरी जिम्मेवारीमा आइपुग्ने दाबी गर्दै उनले यसका लागी सबै एकताबद्ध भएर लाग्नु पर्ने आवश्यकता औँल्याए । यसै गरी पूर्व मन्त्री घनश्याम भुसालले पार्टी पुँजीवादबाट जोगिनु पर्ने धारण राखे । उनले त्यस नेताहरू पनि पैसाको लोभमा फस्न नहुने बताए । एमाले रुपन्देहीमा उपाध्यक्ष पुरुषोत्तम घिमिरे, क्षेत्रीय विभागीय प्रमुख तेजेन्द्र के सी , तिलोत्तमा नगरपालिका मेयर बाबुदेश घिमिरेले अध्यक्षमा दाबी गरेका छन् । नेताहरू भने सर्वसम्मत बनाउने प्रयास भइरहेको बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण