एमाले दाङको अध्यक्षमा हुकुम बस्नेत
शनिबार, २४ पुस २०७८, ०८ : ४१
नेकपा एमाले दाङको अध्यक्षमा हुकुम बस्नेत निर्विरोध चयन भएका छन् । अध्यक्षको रेसमा रहेका अर्का एमालेका पुराना नेता शिवकुमार आचार्यले आफ्नो दाबी छाडेपछि बस्नेत निर्विरोध अध्यक्ष भएका हुन् ।
एमालेको शुक्रबार र शनिबार चलेको १३औ जिल्ला अधिवेशनबाट बस्नेतको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ । एमालेको शुक्रबार राती अबेरसम्म जारी बन्द सत्रमा नेतृत्वको घोषणा गरिएको थियो ।
यस्तै उपाध्यक्षमा राममणि पाण्डे चयन भएका छन् । उनी यसअघि एमालेको घोराहीको नगर सभापति र जिल्ला उपाध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।
त्यसैगरी सचिवमा पुन मनोहर बुढाथोकी चयन भएका छन् भने उप-सचिवमा कृष्ण भुसाल र हिरादेवी पुन चुनिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण