लुम्बिनीको विकासका लागि बजेट कमी हुँदैन : मन्त्री प्रेम आले
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लुम्बिनी क्षेत्रको विकास तथा विस्तारका लागि कुनै बजेटको कमी नहुने बताएका छन् । आज लुम्बिनी विकास कोषको अनुगमन तथा निरीक्षण भ्रमणका लागि पुगेका मन्त्री आलेले भगवान् गौतमबुद्धको जन्मस्थल पनि भएको र बुद्धकै नामले लुम्बिनी देश–विदेशमा चिनिएको र यहाँको विकासका लागि आफू सधैँ सकारात्मक रहेकाले बजेट अभाव हुन नदिने बताए।
उनले भने, “शान्तिका दूत भगवान् गौतमबुद्ध जन्मिनुभएको र उहाँकै नामबाट देश–विदेशमा चिनिएको लुम्बिनीको विकासका लागि बजेटको कुनै कमी हुँदैन, यहाँ निर्माण गरिन लागिएका संरचना निर्माणका लागि बजेटको अभाव भयो भने लेखेर पठाउनुहोला, म यही कोषको अध्यक्ष भएकाले पनि बजेट प्रदान गर्नु मेरो दायित्व हुने छ ।”
लुम्बिनी क्षेत्रमा निर्माण भइरहेका विभिन्न भौतिक संरचनाको काम समयमै सम्पन्न गरिसक्नसमेत मन्त्री आलेले निर्माण व्यवसायीसँग आग्रह गरे । लुम्बिनी क्षेत्रमा निर्माण भएका काम गुणस्तरयुक्त हुनुपर्ने मन्त्री आलेको भनाइ थियो ।
सोही अवसरमा मन्त्री आलेले लुम्बिनीमा निर्माण गरिन लागिएका सम्पूर्ण संरचना गुणस्तरयुक्त तथा मापदण्डसहित निर्माण गर्न र गराउनका लागि सबै क्षेत्र, तह, तप्काका नागरिकले चासो देखाउनुपर्ने धारणा राखे । साथै उनले लुम्बिनी विकास कोषअन्तर्गत रहेको एक हजार १५५ बिघा जमिनमा थुप्रै भौतिक संरचना निर्माण भइसकेका र हामीले कम्तीमा पनि ८१ प्रतिशत काम सम्पन्न गरिसकेका छाँै बाँकी रहेको १९ प्रतिशत काम चाँडो बोलपत्र प्रक्रियाबाट काम सुरु गराउन समेत लुम्बिनीको विकास कोषका पदाधिकारीलाई निर्देशन दिए ।
मन्त्री आलेले लुम्बिनीमा निर्माण हुँदै गरेको पाँच हजार मानिस अट्ने क्षमताको अन्तर्राष्ट्रिय ध्यान केन्द्र सभाहलको गुरुयोजनाअनुसार मूल प्रवेशद्वारमा निर्माण गरिन लागेको गेट तथा सडकको शिलान्याससमेत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण