सहकारीले उत्पादन क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छ : मुख्यमन्त्री केसी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सहकारी संस्थाले उत्पादनशिल क्षेत्रमा लगानी गरेर मुलकलाई आत्मनिर्भर बन्नुपर्ने बताएका छन् । उनले सहकारीले शेयर सदस्यको भावनात्मक सम्बन्ध जोड्दै सामाजिक अभिभावकको भूमिका खेल्नु पर्नेमा समेत जोड दिए ।
आज बुटवलमा धौलागिर बहुउद्देश्यीय सहकारी संस्थाको २२ औं साधारण सभामा बोल्दै मुख्यमन्त्री केसीले ५ दलीय गठबन्धनको सरकारले समृद्ध र आत्मनिर्भर प्रदेश बनाउदै संघात्मक मोडेलको नतिजा दिन चाहेको बताए । सहकारी सम्बन्धि केही ऐनहरु ब्यवहारिक नभएको भन्दै उनले त्यसलाई परिमार्जन गर्ने तयारी भएको बताए ।
आम जनतालाई सहकारीकरण गर्दै वित्त ब्यवस्थापनलाई गर्दै उत्पादनसँग जोड्न सकिने मुख्यमन्त्री केसीको भनाई छ । यस्तै नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले सहकारी अभियानबाट आर्थिक परिवर्तनसँगै महिलाहरुमा नेतृत्व गर्न सक्ने क्षमताको विकास भएको दाबी गरे ।
सहकारीलाई उत्पादनसँग जोड्न आवश्यकता रहेको बताउँदै सहकारीले आर्थिक क्रियाकलापसँगै सामाजिक क्षेत्रमा पनि महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण