गुल्मी एमाले अध्यक्षमा काउछा र सचिवमा श्रीपाली सर्वसम्मत निर्वाचित
नेकपा एमाले गुल्मीको ११ अधिवेशनले सर्वसम्मत रूपमा अध्यक्षमा बालसिंह काउछा र सचिवमा गणेश श्रीपालीलाई निर्वाचित गरेको छ । अघिल्लो जिल्ला कमिटीमा काउछा उपाध्यक्ष र श्रीपाली सचिवालय सदस्य रहेका थिए । निर्वाचन अधिकृत गोपाल खनालका अनुसार उपाध्यक्षमा हिरा एसी, कृष्ण सुनार र कृष्ण घिमिरेले मनोनयन दर्ता गरेका छन् ।
भने उप–सचिवमा धर्म विश्वकर्मा, ललिता गौतम, सावित्री आचार्य र केशव बहादुर चन्दले मनोनयन दर्ता गराएको खनालले जानकारी दिए । अहिलेसम्म अध्यक्ष, सचिव लगायत अधिकांश सदस्यहरू सर्वसम्मत टुङो लागेको एमाले नेता ओम कार्कीले जानकारी दिए । उपाध्यक्ष र उपसचिवसहित केही सदस्य पद पनि सर्वसम्मत बनाउने प्रयास भएको कार्कीले बताए । ११औं जिल्ला अधिवेशनको लागि सात सय १० प्रतिनिधि रहेका छन् ।
प्रदीप ज्ञवाली र गोकर्ण विष्ट जिल्लाको एमाले नेतृत्व सर्वसम्मत बनाउन कस्सिएका छन् । मौसम प्रतिकुल र नेतृत्व सर्वसम्मत टुङ्गो लाग्न थालेपछि प्रतिनिधि घर फर्किन थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण