एमाले कपिलवस्तुको अध्यक्षमा शर्मा
नेकपा एमाले कपिलवस्तुको जिल्ला अध्यक्षमा डम्मर शर्मा निर्वाचित भएका छन् । पदाधिकारी र केही सदस्य पदमा सहमति नजुटेपछि भएको निर्वाचनबाट शर्मा निर्वाचित भएका हुन् । उनले २ सय ३८ मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्द्वी बाबुराम खनालले १ सय ८६ र नेत्रराज अधिकारीले १ सय मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत चन्द्रबहादुर कार्कीले बताए ।
यसैगरी उपाध्यक्षमा विश्राम प्रसाद चौधरी ३ सय ४५ मत प्राप्त गरी निर्वाचित भएका छन् । चौधरीका निकटतम प्रतिद्वन्द्वी हिरालाल पौडेलले १ सय ६६ मत पाए । सचिव पदमा चन्द्र बहादुर गहतराज २ मतले निर्वाचित भएका छन् । मत गणनामा विवाद भएपछि पुन गणना भएको थियो । गहतराजले १ सय ७८ मत प्राप्त गर्दा विश्व कार्कीले १ सय ७६ र भेषराज पाण्डेले १ सय ६० मत पाएका थिए ।
सहसचिवमा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनबहादुर केसीले १ सय ३१ मत प्राप्त गरी निर्वाचित भएका छन् । यसैगरी सहसचिव पदमा सुशीला दर्लामी निर्विरोध निर्वाचित भएकी थिइन् । शनिवारदेखि मतदान प्रक्रिया सुरु भएपछि खुला सदस्य, ८ पालिकाको भूगोलतर्फको सदस्य निर्विरोध चयन भएको निवर्तमान जिल्ला अध्यक्ष झविलाल पोख्रेलले बताए । कुल ५ सय ५२ प्रतिनिधि मध्ये ५ सय २७ मत खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण