एमाले गुल्मीको अधिवेशन: पदाधिकारीमा ३ जना दलित निर्वाचित
नेकपा एमाले गुल्मीको ११ औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । पदाधिकारी सहित विभिन्न पदका लागि गए रातिसम्म रस्साकस्सी चले पनि अन्ततः सबै पदमा सर्वसम्मत टुङ्गो लागेको एमालेका युवा नेता कृष्ण विश्वकर्माले जानकारी दिए । अध्यक्षमा बालसिंह काउछा, उपाध्यक्षमा कृष्ण सुनार, सचिवमा गणेश श्रीपाली, उपसचिवमा धर्म विश्वकर्मा र सावित्रा आचार्य सर्वसम्मत निर्वाचित भएको विश्वकर्माले जानकारी दिए ।
गुल्मीमा पहिलो पटक पदाधिकारीमा ३ जना दलित समुदायले नेतृत्व पाएका छन् । उपाध्यक्ष सुनार राष्ट्रिय सभाका उम्मेदवार समेत हुन् । सचिव श्रीपाली ( विश्वकर्मा ) पूर्वमन्त्री गोकर्ण विष्टका पूर्व स्वकीय सचिव हुन् । उपसचिव विश्वकर्मा पूर्व माओवादी नेता हुन् । माओवादी केन्द्रका सुदर्शन बराल , राष्ट्रिय जनमोर्चाका जीवन राना पछि जिल्ला पार्टी प्रमुख हुने एमालेका बालसिंह काउछा जनजातिबाट तेस्रो व्यक्ति हुन् । पदाधिकारी सहित १०५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरिएको छ ।
निर्वाचित कमिटीलाई पार्टी उपमहासचिव प्रदीपकुमार ज्ञवाली, सचिव गोकर्णराज विष्ट र केन्द्रीय सदस्य दिनेश पन्थी लगायतका नेताले अहिले बिहान शपथ ग्रहण गराउँदै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण