करिडोर निर्माणको काम रोक्न माग गर्दै नाराबाजी
रुपन्देहीको तिनाउ र दानव नदी किनारमा भइरहेको करिडोर निर्माणको काम रोक्न माग गर्दै बुटवलमा आइतबार नाराबाजी भएको छ । गत वर्षको मंसिर १० गते तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले करिडोरको शिलान्यास गरेका थिए । अहिले घर–जग्गा व्यवस्थापनको टुङ्गो नलागी काम अघि बढाउँदा सयौं विस्थापित हुने भन्दै आज बुटवल नगरपालिका अगाडि स्थानीयले नाराबाजी गरेका हुन् । करिडोर क्षेत्रभित्रका घर–टहरा तथा जग्गाका समस्याहरु समाधान नगरी निमार्ण काम गर्न नहुदै भन्दै आन्दोलनमा आएको संघर्ष समितिका संयोजक आत्मबहादुर रानाले बताए ।
दानव नदी करिडोर क्षेत्रका विभिन्न टोलका स्थानीयहरुले बुटवल नगर परिक्रमा गर्दै उपमहानगरको गेट अगाडि नाराबाजी गर्दै धर्ना दिएका हुन् । उनीहरुले ‘कोरिडोर चाहिँदैन, सुकुम्बासी मास्न पाइँदैन’ लगायतका नारा लगाएका थिए ।
बुटवल उपमहानगरको महत्वाकांक्षी योजनाका रुपमा रहेको तिनाउ र दानव नदी करिडोरको ठेक्का सम्झौता भएको लामो समयपछि कार्यान्वयनको चरणमा गएपनि स्थानीयले अवरोध सिर्जना गर्न थालेपछि रोकिने अवस्थामा पुगेको छ ।
बुटवल उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले करिडोर क्षेत्रमा पर्ने बस्तीलाई व्यवस्थापन गर्नका लागि काम भइरहेको भन्दै विकासको काम रोक्न नमिल्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण