प्युठानमा हराएका गुरुङको मानव कङ्काल फेला
आइतबार, २५ पुस २०७८, १८ : ३२
प्युठानमा हराएका एक व्यक्तिको मानव कङ्काल भेटिएको छ । जिल्लाको गौमुखी गाउँपालिकास्थित तिखाचुली सामुदायिक वनमा आज मानव कङ्काल फेला परेको प्रहरीले जनाएको हो ।
गौमुखी गाउँपालिका–५ रजवाराका ४२ वर्षीय हिमाल गुरुङको भएको प्रहरीको भनाइ छ । गुरुङ गत भदौ १२ गतेदेखि हराएका थिए । पाइन्ट, टिसर्ट र चप्पलबाट उनको पहिचान गरिएको प्रहरीको भनाइ छ । घरदेखि अन्दाजी करिब ५ घण्टा पैदल दुरीमा पर्ने वनमा खर काट्न गएको बेला हिमालका २३ वर्षीय छोरा प्रकाशले कङ्काल देखेको प्रहरीलाई जानकारी दिएका थिए । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले प्युठानले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण