शंकर पोखरेलको गृह जिल्लामै एमाले नेता–कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश
नेकपा एमालेका महासचिव शंकर पोखरेलको गृह जिल्ला दाङमा धक्का लागेको छ । नेकपा एमाले दाङका पूर्व जिल्ला कमिटी सदस्य तथा तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य जानका रेग्मी एकीकृत समाजवादीमा प्रवेश गरेकी छिन् ।
आज तुलसीपुरमा पार्टी निकट युवा संघको भेलाका अवसरमा रेग्मीसहित तुलसीपुरकै कार्यपालिका सदस्य डिला परियार, एमालेका पूर्व जिल्ला कमिटी सदस्य प्रेमबहादुर बस्नेत, बसन्ता गोराथोकीलगायत एमालेबाट नेता तथा कार्यकर्ताहरूले एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । रेग्मी केही दिन अघि भएको एमालेको जिल्ला कमिटी सदस्य चयन भएकी थिइन् ।
त्यस्तै दुर्गा वली , शान्ता वली, लक्ष्मी वली, विष्णु वली, ओमबहादुर कँडेल, मोहन बस्नेत, बसन्त रैदासलगायतले एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका हुन् । नव प्रवेशीहरुलाई पार्टीका केन्द्रीय सचिव भागवत विश्वासीले स्वागत गरेका हुन् । यस अघि कार्यपालिका सदस्य दीपक कुमाल,चित्रा मल्ल तथा तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ का अध्यक्ष एकीकृत समाजवादीलाई नै रोजेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण