नारायणहिटीको बंकरभित्र समेत बतासको व्यापार !
विवादित व्यापारिक समूह बतासले नारायणहिटी दरबार संग्राहलयभित्र रहेको ऐतिहासिक सुरुङ (बंकर) भित्र समेत व्यापार गर्ने योजना बनाएको खुलासा भएको छ। सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेले यसबारे खुलासा गरेका हुन् । आलेकै सक्रियतामा बतास समूहले व्यापारका लागि बनाइरहेको संरचना हाललाई रोकिएको छ ।
‘संग्राहलयभित्र धेरै पुरानो एउटा सुरुङ (बंकर) समेत रहेछ । त्यो बंकरलाई सहित तोडमोड गरेर के–के गर्ने काम पनि त्यहाँको सञ्चालकले गर्नुभएको रहेछ । यस्तो पुरातात्त्विक महत्वको बंकरहरु हामीले यसरी भत्काउँदै लग्यौँ भने भोलि इतिहासिमा मात्रै सीमित हुन्छ । हामीले देख्न पाउँदैनौँ,’ उनले भने।
पत्रकार सम्मेलनमा संग्राहलयभित्र क्याफे सञ्चालनका लागि अघिल्लो सरकारको पालामा नै अनुमति दिइएको खुलेको बताए । देशभक्त नेपालीहरुले यसबारे आफूलाई ध्यानाकर्षण गराएपछि आफूले एक्सन लिएको आलेले बताए । अनुमति दिइएको भन्दा पनि बढी क्षेत्रफल ओगटेर बतास समूहले भौतिक संरचना निर्माण गरेको पाइएको पनि आलेले बताए ।
यसबारे आफूले सुक्ष्म अध्ययन गर्दै जाँदा १४ रोपनी क्षेत्रफलमा पक्की संरचना निर्माण गरेको पाइएको बताए । ‘१४ रोपनी क्षेत्रफलमा भौतिक संरचना निर्माण गरेर के गर्न खोज्नु भएको रहेछ उहाँहरुले ?’, उनले भने, ‘तर, यसको सुरक्षा गर्ने जिम्मेवारी पाउनु भएका विकास समितिका कार्यकारी निर्देशकले समेत निगरानी गर्न सक्नुभएन ।’
संग्रहालय र देशको सम्पत्ति संरक्षण गर्ने आफ्नो कर्तव्य भएकाले यसलाई आफूले गम्भीरतापूर्वक लिएको बताए । उनले छिट्टै प्रतिवेदनको आधारमा छानबिन र कारबाही प्रक्रिया अघि बढ्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
