नेकपा एमाले दाङका निवर्तमान अध्यक्ष खड्काद्वारा राजनीतिबाट विश्राम लिने घोषणा
कम्युनिष्ट नेता टीकाराम खड्काले राजनीतिक रुपमा आफूले विश्राम लिएको जनाएका छन् । नेकपा एमाले दाङका निवर्तमान अध्यक्षसमेत रहेका खड्काले सामाजिक सञ्जाल फेसबुकमार्फत राजनीतिक यात्राबाट आफूले विश्राम लिएको जनाएका हुन् ।
२० वर्षको उमेरमा विद्यार्थी संगठनमार्फत कम्युनिष्ट आन्दोलन, किसान आन्दोलनमा सहभागी हुँदै कम्युनिष्ट पार्टी संगठन निर्माणमा क्रियाशील हुँदै आएको उनले बताएका छन् । राजनीतिक आन्दोलनमा सहभागी हुँदै गर्दा ८ महिना जेल बस्नु परेको स्मरण गर्दै उनले विभिन्न समयमा भएका आन्दोलनमा आफूले सहभागिता जनाएको बताएका छन् ।
उनले फेसबुकमा दाङ कम्युनिष्ट आन्दोलनको उर्वर भूमि रहेको भन्दै यस्तो जिल्लामा जन्मिएर, हुर्केर समाजिक मुक्ति आन्दोलनको सहयात्री हुन पाउँदा गर्व अनुभुति भएको जनाएका छन् । ‘आज म ज्यादै खुसी छु, संगठनको काम गर्दा सबै मित्रको निकै ठुलो सहयोग पाएँ । म सबैलाई धन्यवाद र कृतज्ञता प्रकट गर्दछु,’ उनले लेखेका छन्, ‘नेकपा एमाले दाङको १३ औं जिल्ला अधिवेशनलाई भव्य र सभ्य सफल पार्न सहयोग गर्ने सहयोगी मित्रहरूलाई आयोजकका नाताले धन्यवाद दिन चाहन्छु । र आजैका दिनदेखि राजनीतिक यात्रा विश्राम लिने निर्णयमा पुगेको जानकारी गराउन चाहन्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण