रुपन्देहीमा भिडभाड गर्न तथा मेला–महोत्सवमा रोक लगाउने तयारी
रुपन्देही प्रशासनले भिडभाड गर्न रोक लगाउने तयारी गरेको छ । सरकारले २५ जनाभन्दा बढी जम्मा नहुन आग्रह गरिसकेको अवस्थामा रुपन्देही जिल्ला प्रशासन कार्यालयले सोही अनुसार यसबारे आधिकारिक निर्णयको तयारी गरेको हो ।
बुधबार जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीएमसी) को बैठक राखेर औपचारिक निर्णय गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बुधबार बस्ने बैठकले केन्द्रको निर्देशन पालना गर्ने निर्णय गर्ने बताए । उनले पछिल्लो समय कोरोना संक्रमण दर तीव्र भएकाले यसबाट बच्न प्रशासनले तयारी थालिसकेको बताए ।
महामारीको जोखिम ह्वात्तै बढेकाले सबै प्रकारका सभा, जुलुस, सम्मेलन, प्रदर्शन, भेला, जात्रा, महोत्सव गर्न रोक लगाइने उनको भनाइ छ ।
व्यापार मेलाहरुलाई पनि प्रशासनले रोक लगाउने तयारी गरेको छ । रुपन्देहीमा पछिल्ला दिन एकपछि अर्को मेला आयोजना गर्ने होड चलेको थियो ।
तिलोत्तमामा माघ १४ गतेदेखि व्यापार मेला आयोजना गर्ने तयारी थियो । भैरहवामा माघ अन्तिमबाट मेला हुँदै थियो । त्यो पनि पछि सर्ने वा नहुने सम्भावना बढेको आयोजकले जनाएका छन् । प्रशासनले भिडभाड हुने सबै कार्यक्रम रोकेर कोरोना परीक्षण दर बढाउने, आइसोलेसन र अस्पताललाई तयारी अवस्थामा राख्ने, मापदण्ड पालनामा कडाई गर्ने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण