एमाले अर्घाखाँची : तानाशाही शैलीमा नेतृत्व चयन गरेको आरोप
नेकपा एमाले अर्घाखाँचीले सहमतिमा नेतृत्व चयन गरेको बताए पनि अधिवेशन सकिएसँगै असन्तुष्टिका स्वरहरू आउन थालेका छन् । नेता पीताम्बर भुसालको नेतृत्वमा नयाँ कार्य समितिको घोषणा गरेको नेकपा एमाले अर्घाखाँचीको आठौँ जिल्ला अधिवेशनपछि केहीले पार्टी त्याग गरेका छन् भने केहीले सामाजिक सञ्जालमा असन्तुष्टि जनाइरहेका छन् ।
एमालेले जिल्ला अधिवेशनलाई तानाशाही शैलीमा गरेका कारण असन्तुष्टि चुलिएको नाम उल्लेख नगर्ने शर्तमा एक नेताले बताए । 'म पनि निश्चत पदको उम्मेदवारी दर्ताको तयारीमा थिएँ' ति नेताले भने, 'तर उम्मेदवारी दर्ता गर्न नै दिइएन ।" निर्वाचन गरिएको भए ७० प्रतिशत भन्दा बढी मत आफ्नो पक्षमा आउने दाबी उनको थियो । 'तर चुनावी प्रक्रियामा जानै रोकियो, तानाशाही शैलीमा अधिवेशन सम्पन्न गरियो' उनले भने ।
अधिवेशन सकिएसँगै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य समेत रहेका युवा नेता गोविन्द भुसालले राजीनामाको घोषणा नै गरेका छन् । त्यस्तै नेता खुविराम आचार्यले जबरजस्ती खल्तीका मान्छे टिपेर अधिवेशनमा नाटक मञ्चन गरिएको भन्दै सार्वजनिक रूपमा असन्तुष्टि जनाउँदै आएका छन् ।
पूर्व उपाध्यक्ष जीवनारायण कोइरालाले नेतृत्वमा दाबी गरेका थिए, भने पूर्व उपसचिव प्रेम गैरेले सचिवमा दाबी गरेका थिए । त्यस्तै आचार्यले उपसचिवमा उम्मेदवारी दिन चाहेका थिए । सहमतिको नाममा उनीहरूले उम्मेदवारी दर्ता गर्न पाएनन् ।
तर निर्वाचन मण्डलले भने कुनै पनि पदमा दोहोरो उम्मेदवारी नपरेपछि सर्वसम्मत नेतृत्व चयन भएको दाबी गरेको छ ।
'कुनै पनि पदमा दोहोरो उम्मेदवारी परेन, दोहोरो उम्मेदवारी नपरेपछि निर्वाचनमा कसरी जान सकिन्छ र ?' प्रतिप्रश्न गर्दै प्रमुख निर्वाचन अधिकृत केवि भुसालले भने 'हामीले उम्मेदवारी दर्ता गर्न चाहनेलाई समय दिएका थियौँ । तर निर्धारित समयसम्म कुनै पनि पदमा दोहोरो उम्मेदवारी परेन ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण