ठेकेदारको बेवास्ताले राप्ती राजमार्ग निर्माणमा ढिलासुस्ती
राप्ती राजमार्ग कपुरकोट-चोरखोला सडकखण्डको स्तरोन्नतिमा ढिलासुस्ती भएको छ । ठेकेदार कम्पनीको बेवास्ताले काममा ढिलाइ भएको हो । २०७७ साउनमा सडक डिभिजन कार्यालय दाङले श्याम-शंकर जेभीलाई करिब १० करोड रुपैयाँमा सडक स्तरोन्नतिको जिम्मा दिएको थियो । एक वर्षमा सक्ने गरी भएको सम्झौता फेरि ६ महिना थपे पनि अहिलेसम्म करिब ६० प्रतिशत मात्र काम सकिएको छ । ढिलाइका कारण यात्रुले सास्ती भोग्दै आएका छन् । राजमार्गको स्तरोन्नतिमा लामो समयदेखि बेवास्ता भएको कपुरकोटका कमल शर्माले बताए ।
अहिले कपुरकोटदेखि चोरखोलासम्मको आठ किलोमिटर सडकमा स्तरोन्नतिको काम चलिरहेको छ । सडक स्तरोन्नतिका लागि स्थानीय प्रशासनले दैनिक आठ घन्टा यातायात बन्द गरे पनि ठेकेदार कम्पनीले खासै काम गरेको देखिएको छैन । विगतमा राजमार्गलाई चौडा बनाउन र कालोपत्रे गर्न आएको झन्डै एक करोड रकम फ्रिज हुनु सडक डिभिजन कार्यालयको लापरबाही भएको उनको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईंले राजमार्गअन्तर्गत कपुरकोट-चोरखोला सडकमा स्तरोन्नति हुन थालिएपछि दैनिक आठ घन्टा सडक बन्द भइरहेको बताइन् । सडक डिभिजन कार्यालय दाङका प्रमुख रामकुमार जैसवालले स्तरोन्नति गरिरहेको सडकखण्डमा बाह्रै महिना पहिरो खस्ने भएकाले काममा ढिलाइ भइरहेको बताए ।
करिब १० करोड रुपैयाँ बजेटबाट सडक स्तरोन्नतिको काम भइरहेको उनले जानकराी दिए । यो वर्ष कपुरकोटदेखि खारासम्मको ७६ किलोमिटर सडक मर्मतमा थप २३ करोड ३० लाख रुपैयाँ विनियोजन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण