दाङमा नक्कली सई बनेर ठगी गरेको अभियोगमा पक्राउ
बिहीबार, २९ पुस २०७८, ०६ : २२
दाङमा नेपाल प्रहरीको नक्कली सई बनि ठगी गरेको आरोपमा प्रहरीले घोराहीबाट एक जनालाई पक्राउ गरेको छ । घोराही १५ मालपोत कार्यालय नजिकैबाट जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टाेलीले घोराही निवासी रामबहादुर बस्नेतलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश प्रसाद काफ्लेले बताए ।
उनले सिआईबीको सई बनेर धाक धम्की देखाई घोराहीको एक बस्त्रालयबाट १४ हजार बराबरको कम्मल लगि ठगी गरेको पीडितको जाहेरीको आधारमा पक्राउ गरिएको काफ्लेले जानकारी दिए । बस्नेतलाई हिरासतमा राखेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनी विरुद्ध ठगी मुद्धा दर्ता गरेर कानुनी कारबाही गरिने एसपी काफ्लेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण