बाँकेमा कोरोना सङ्क्रमणको जोखिम बढ्यो
नेपाल–भारत खुल्ला सिमानाका कारण बाँकेमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको छ । नेपालगञ्जस्थित जमुनाह नाकाबाट प्रवेश गर्ने नागरिकको कोरोना परीक्षण हुने गरे पनि अन्य ग्रामीण क्षेत्रमा रहेका खुल्ला नाकामा बिना परिक्षण निर्वाधरुपमा आवतजावत भइरहेको छ । पछिल्लोपटक भारतबाट नेपाल फर्किने नागरिकमा कोरोना सङ्क्रमण दर बढ्दो रहेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज ओलीले जानकारी दिए।
उनका अनुसार बुधबारमात्रै जमुनाह नाकामा २७ नयाँ कोरोना सङ्क्रमित फेला परेका छन् । नेपालगञ्जस्थित बाल मन्दिर आइसोलेसन केन्द्रमा बुधबारसम्म ११ पुरुष र ६ महिला गरी १७ जना रहेका छन् । यी सबै बाहिरी जिल्लाका हुन् । कोरोना सङ्क्रमण दिनहुँ बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले भीडभाड नगर्न र स्वास्थ्य मापदण्ड पालना गर्न आदेश जारी गरिसकेको छ ।
प्रशासनले सार्वजनिकस्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवं त्यही प्रकृतिका कार्यकम तथा मेला, भेला, महोत्सव आयोजना गर्नलगायत कार्यमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण