लुम्बिनी प्रदेशमा सुतेको अवस्थामा ३ जना मृत फेला
बिहीबार, २९ पुस २०७८, १८ : १०
लुम्बिनी प्रदेशमा बिहीबार एकै दिन ३ जना मानिसहरू मृत फेला परेका छन् । तीन मध्ये २ जना मानिस दाङमा मृत फेला परका छन् । दाङको घोराही उपमहानगरपालिका–१५ दिपशीका चोकस्थित मानव समाज कल्याण सेवा घरमा रहेका हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष बिहीबार सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेका हुन् ।
यसैगरी दाङ कै बबई गाउँपालिका–५ बगरपुर बस्ने ३५ वर्षीय धनी कुमारी खड्का आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेकी छन् । यता रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ प्रभातपथस्थित निर्माणाधीन भवनमा लेबर काम गर्ने हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष सोही भवनमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण