अर्घाखाँचीमा कोरोनाविरुद्ध सचेतना अभियान : घर घरमा पुग्दै प्रहरी
अर्घाखाँची जिल्लामा सम्भावित कोभिड जोखिमलाई मध्यनजर गर्दै अर्घाखाँची प्रहरीले सचेतना अभियान सुरु गरेको छ । आधा दर्जन तल झरेको सक्रिय संक्रमितको संख्या उकालो लागेर दुई दर्जन पुग्न थालेपछि स्वास्थ्य सचेतना फैलाउँदै प्रहरी घरघरमा जान सुरु गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा अनिवार्य खोप लगाउन आग्रह गर्दै प्रहरी चोक चोकमा पुगेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक सुजनविक्रम शाहले जानकारी दिए ।
अनावश्यक रूपमा बजारमा हिँडडुल नगर्न तथा हिँड्नुपर्ने अवस्था आए स्वास्थ्य सावधानीको साथ अनिवार्य मास्क प्रयोग गर्न आग्रह गरिएको शाहले जानकारी दिए ।
हाल दिनानुदिन दिन बढ्दै गई रहेको ओमिक्रोन तथा कोभिड १९ को संक्रमणबाट बच्नको लागी अनिवार्य रूपमा कोभिड सम्बन्धी खोप लगाऔं, माक्सको प्रयोग गरौँ, सामाजिक दूरी कायम गरौँ, अनावश्यक रूपमा हिँडडुल नगरी पूर्ण रूपमा स्वास्थ्य मापदण्डको पालना गरौँ, जस्ता नाराहरू उल्लेखित प्लेकार्डसहित बजार परिक्रमा गरेको प्रहरी टोलीले आज करिब ५ सय जनालाई मास्क वितरण गरेको थियो ।
अर्घाखाँची जिल्लामा आउन सक्ने सम्भावित जोखिमलाई निरुत्साहित गर्न आफूहरूले सक्रियता थालेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख अमरबहादुर थापाले जानकारी दिए । हाल अर्घाखाँचीमा २३ जना कोभिडका सक्रिय संक्रमित रहेका छन् भने कोभिडबाट हालसम्म अर्घाखाँचीमा ९१ जनाले ज्यान गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण