बुधबार, ०५ असार २०८१
ताजा लोकप्रिय

बर्दियामा १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

आइतबार, ०२ माघ २०७८, ११ : ३७
आइतबार, ०२ माघ २०७८

बर्दियामा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको समाचार स्रोतका अनुसार जिल्लाको राजपुर  नगरपालिका–४ सघर्ष नगर छेदिया बस्ने २३ वर्षीय बिमल थारूलाई प्रहरीले बलात्कार गरेको आरोपमा पक्राउ गरेको हो । 

पक्राउ परेका थारुले बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो  । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप