सर्लाहीमा बस दुर्घटना हुँदा, १७ जना घाइते
मङ्गलबार, ०४ माघ २०७८, २१ : २८
सर्लाहीको हरिवन नगरपालिका-९ स्थित पूर्व-पश्चिम लोकमार्गमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । हरिवन नगरपालिका-९ स्थित पूर्व-पश्चिम लोकमार्गमा मंगलबार दिउँसो बस पल्टिएको प्रहरीले जनाएको छ ।
बस अनियन्त्रित भई पल्टिँदा बसमा सवार १७ जना घाइते भएका इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको ना५ख ५०५५ नम्बरको अग्नि यातायातको बस हरिवन नगरपालिका–९ नोचामा पल्टिएको हो ।
तीव्र गतिमा रहेको बस अनियन्त्रित भई पूर्व–पश्चिम लोकमार्गबाट तल खस्दा १७ जना घाइते भएकोमा एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको हरिवनस्थित नमुना अस्पताललगायत विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । बसमा २५ जना सवार रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक छनोट प्रक्रियामा मन्त्रालयको त्रुटि, आवेदन प्रक्रिया रद्द
-
सुदूरकाे बजेट पारितबारे मुख्यमन्त्री भन्छन्– एमालेसँग संवाद जारी छ, भोलिसम्म निकास निस्कन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण