मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

तारकेश्वरको रिसोर्टमा प्रहरीको छापा, २४ जना जुवाडे पक्राउ

मङ्गलबार, ३० असार २०८३, १५ : २६
मङ्गलबार, ३० असार २०८३

काठमाडौँ । काठमाडौँको तारकेश्वरमा जुवा खेलिरहेको अवस्थामा लाखौँ नगदसहित २४ जना पक्राउ परेका छन्। 

तारकेश्वर नगरपालिका वडा नम्बर ३ तीनपिप्लेस्थित एक रिसोर्टमा अवैध रूपमा जुवा तास खेलिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार असार ३० गते राति अन्दाजी १:०० बजेको समयमा सो रिसोर्टमा छापा मारिएको थियो। जिल्ला प्रहरी परिसर भद्रकाली र प्रहरी वृत्त बालाजुबाट खटिएको संयुक्त प्रहरी टोलीले जुवाको खालबाट ९ लाख ८० हजार २८५ रुपैयाँ नगद बरामद गरेको छ। नगदका साथै प्रहरीले घटनास्थलबाट ३ बुक तास र ४४ वटा कौडा समेत बरामद गरेको छ।

जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिइएका २४ जनामाथि प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप