पत्रपत्रिका
बजेटको आकारभन्दा व्यापार घाटा बढी
सोमबार, १० माघ २०७८, ०६ : ३८
स्वदेशमा उपभोग हुने वस्तुको उत्पादन वृद्धि नहुँदा व्यापार घाटा भयावह बन्दै गएको छ । व्यापार घाटा मुलुकको कूल बजेटको आकारभन्दा ठूलो हुने देखिएको छ ।
चालु आर्थिक वर्ष २०७८/७९ मा मुलुकको कूल बजेट १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको छ । ६ महिनामा नै व्यापार घाटा करिब ९ खर्ब रुपैयाँ पुगेको छ । यसरी हेर्दा एक वर्षमा व्यापार घाटा करिब १८ खर्ब रुपैयाँ पुग्ने देखिन्छ । यो बजेटको आकारभन्दा पनि ठूलो हो ।
भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार पुस मसान्तसम्म व्यापार घाटा ८ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ । पोहोर साल सोही अवधिमा व्यापार घाटा ६ खर्ब रुपैयाँ थियो । धेरै आयात हुने वस्तुमा इन्धन रहेको छ । १ खर्ब २० अर्ब रुपैयाँभन्दा बढीको डिजेल, पेट्रोल र ग्यास आयात भएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको स्वास्थ्य अवस्था अस्थिर, तत्काल भारत नलगिने
-
माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने
-
वर्षामा बीपी राजमार्ग: अवरुद्ध भए आधा घण्टामै खुलाइने
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण