तसलिमा नसरिनको सरोगेसीबारे गरिएको ट्वीटमाथि विवाद भएपछि स्पष्टिकरण दिँदै भनिन्, ‘त्यसको प्रियंका–निकसँग कुनै लेनदेन छैन’
प्रियंका चोपडा र निक जोनस हालै सरोगेसीमार्फत् आमाबुवा बनेका छन् । उनीहरुले छोरी जन्मिएको खबर सोसल मिडियामा दिएपछि बंगलादेशी चर्चित लेखिका तथा महिलावादी तसलिमा नसरिनले सोसल मिडियामा सरोगेसीमार्फत् अभिभावक बनेका माथि निशाना साँधेकी थिइन् । तसलिमाले सरोगेसीमार्फत् जन्मिएका बच्चालाई रेडिमेड बेबीसम्म भनेकी थिइन् । उनको यो बयानमाथि प्रयोगकर्ताले उनलाई बेस्सरी ट्रोल गरे । त्यसपछि तसलिमाले पोस्ट सेयर गरेर आफ्नो बयानमा स्पष्टिकर दिएकी छिन् ।
तसलिमा नसरिनले सोसल मिडिया पोस्टमा सेयर गरेर लेखिन्, ‘मेरो सरोगेसीको पोस्ट, सरोगेसीमाथि मेरो भिन्न धारणाबारे हो । यसको प्रियंका चोपडा र निक जोनससँग कुनै लेनदेन छैन । म यो जोडीलाई प्रेम गर्छु । सरोगेसीमाथि मेरो धारणाको विषयमा मानिसले मलाई गाली गरिरहेका छन् । उनीहरुले भाडाको कोखविरुद्ध बोल्नु मेरो पुरानो सोच भएको बताएका छन् । घर नभएका बच्चालाई पाल्नुहोस् तर गरिब महिलाको शारीरिक शोषण नगर्नुहोस् । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण