पत्रपत्रिका
क्यालिब्रेशन उडान गर्न एरो थाइको टोलीले निरीक्षण गर्दै
बुधबार, १२ माघ २०७८, ०६ : १२
९९ प्रतिशत काम सम्पन्न भइसकेको भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा क्यालिब्रेशन उडान गर्ने तयारीका लागि बुधवार एरो थाइको टोली पुग्दै छ । क्यालिब्रेशन उडानको मिति पटकपटक सारिँदै आएकोमा सोमवार एरो थाइका चार जनाको टोली आएसँगै अब क्यालिब्रेशन उडान हुने निश्चित देखिएको छ ।
थाइल्यान्डको एयरलाइन्स एरो थाइको चार जनाको टोली सोमवार नेपाल आइसकेको र बुधवार (आज) भैरहवास्थित विमानस्थलमा आइपुग्ने गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।
एरो थाइको टोलीले ग्राउन्ड बेस, धावनमार्ग, बिल्डिङ, इक्वीपमेन्ट, लाइटिङलगायत पक्षहरूको निरीक्षण गर्ने तयारी रहेको उनले जानकारी दिए । यससँगै उक्त टोलीले क्यालिब्रेशन उडानको मिति तय गरेर स्वदेश फर्किने कार्यक्रम रहेको दाहालले बताए । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको स्वास्थ्य अवस्था अस्थिर, तत्काल भारत नलगिने
-
माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने
-
वर्षामा बीपी राजमार्ग: अवरुद्ध भए आधा घण्टामै खुलाइने
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण