पुरुषको यौनसम्बन्धी समस्या समाधानका लागि ल्वाङ्ग
ल्वाङ्ग सामान्यतयाः घरमा खानाका विभिन्न परिकार तयार पार्दा प्रयोग गर्ने गरिन्छ । भान्सामा अत्यधिक प्रयोगमा आउने ल्वाङ्ग एक प्रकारको मसला नै हो । यसले खानाको स्वाद बढाउने र बास्दादार बनाउने काम गर्छ । तर, यसले स्वाद बढाउने काम मात्र गर्दैन स्वास्थ्यमा विभिन्न प्रकारका फाइदाहरु पनि पुर्याउँछ । ल्वाङ्गले पाचन प्रक्रियालाई तन्दुरुस्त बनाउँछ । कब्जियतको समस्या पनि कम गर्छ । यसमा भरपुर मात्रामा फाइबर हुने भएकाले यसले रोग प्रतिरोधी क्षमतालाई पनि बढाउने काम गर्छ ।
ल्वाङ्गमा भरपुर मात्रामा एन्टीअक्सिडेन्ट पाइन्छ । जसले गर्दा धेरै प्रकारका रोगबाट बच्न सकिन्छ । यसले मधुमेह र क्यान्सरजस्ता रोगबाट पनि बचाउँछ । यसको सेबनले पाचन प्रक्रिया स्वस्थ रहन्छ भने चिसो मौसममा हुने समस्याहरुबाट पनि बचाउँछ ।
पुरुषहरुका लागि यसको धेरै नै फाइदा छ । म्याग्नेसियम, पोटासियम, एन्टिअक्सिडेन्ट, फस्फोरस जस्ता तत्वहरु पाइने भएकाले यसको सेवनले पुरुषहरुका यौनसम्बन्धी समस्याहरुबाट छुटकारा मिल्छ । यसको सेवनले शरीरमा आइरन र क्याल्शियमको कमी हुँदैन । खाली पेटमा ल्वाङ्गको सेवन गर्दा पाचन प्रक्रिया तन्दुरुस्त रहन्छ ।
ल्वाङ्गको सेवन दिनमा २ देखि ३ वटा मात्रै गर्ने गर्नुपर्छ । अधिक मात्रामा यसको सेवनले नकारात्मक असर पनि पार्न सक्छ । विशेषज्ञका अनुसार पुरुषमा शुक्रकिटको मात्रा बढाउनु छ भने यसको सेवन गर्न आवश्यक छ । यसले तनावलाई टाढा राख्छ । यसलाई बिहान खाली पेटमा मनतातो पानीसँग खान सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको देउवा समूहको बैठक चुनदेवीमा
-
कांग्रेस इतर समूहका नेताहरू चुनदेवीस्थित नयाँ कार्यालयमा (तस्बिरहरू)
-
कम्बोडियाको वन्यजन्तु अध्ययनमा एसियाली हात्तीसहित १४ दुर्लभ प्रजाति फेला
-
ब्रिटिश प्रोफेशनल कलेजमा युनिभर्सिटी अफ लन्डनको बीएससी र एमएससी कार्यक्रम सुरु
-
प्रधानमन्त्रीले विपक्षी दलको नेता बोल्दा सदनमा उपस्थित हुने परम्परा तोड्नुभयो : आङ्देम्बे (पूर्णपाठ)
-
के छ शिक्षा नियमावली १०औँ संशोधनमा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण