अन्तर्घात गर्ने जनप्रतिनिधिलाई एमालेले कारवाही गर्ने
बिहीबार, १३ माघ २०७८, १९ : २५
नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनमा अन्तर्घात गर्ने जनप्रतिनिधिहरूलाई कारवाही गर्ने जनाएको छ । बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई मत नदिने जनप्रतिनिधिमाथि छानबिन गरेर कारवाही गरिने नेकपा एमाले प्रदेश १ कार्यालयले बिहीबार विज्ञप्ति जारी गरेर जनाएको छ ।
नेकपा एमाले प्रदेश १ संयोजक तुलसी न्यौपानेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टी निर्णय र हित विरुद्धमा चालिएका अन्तरघाती कदमको वस्तुनिष्ठ छानविन गरी दोषी उपर कडा कारबाही गर्न हाम्रो पार्टी नेकपा एमाले दृढ संकल्पित छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै