बेलायती वैज्ञानिकले बनाए सस्तो कोरोना परीक्षण यन्त्र
बेलायतका वैज्ञानिकले कोरोना परीक्षण गर्ने सस्तो यन्त्र ‘ल्याब इन द ब्याकप्याक’ निर्माण गरेका छन् । यो मोबाइल किटले सार्स कोभड-२ पत्ता लगाउन निकै सहज हुने पनि दाबी गरिएको छ । वैज्ञानिकहरुले यो सानो मोबाइल किटको कुल लागत ५१ अमेरिकी डलर रहेको पनि जानकारी दिएका छन् ।
सस्तो र सानोसमेत हुनाले यो किट गरिब देशमा र दूरदराजका स्थानमा लैजान समेत सहज हुने विश्वास गरिएको छ । संसारका कतिपय स्थानमा अहिले पनि प्रयोगशाला छैनन्, दक्ष जनशक्तिको अभाव उत्तिकै छ । यो किटको मद्दतले वैकल्पिक परीक्षण हुने उनीहरुको भनाइ छ ।
लन्डनस्थित क्विन मेरी विश्वविद्यालयका प्राध्यापक स्टोयन स्मोकोभले भने, ‘हामी यो मोबाइल ल्याबको कोभिड-१९ परीक्षण क्षमता र यो किटको सस्तो प्रविधिलाई सार्वभौम बनाउने सम्भावनालाई लिएर निकै उत्साहित छौं ।’
स्टोयनका अनुसार, मानिसहरुले यो किटको मद्दतबाट नियमित रुपमा आफ्नो रगत र पिसाब पनि परीक्षण गर्न सक्ने छन् । तथापि, यो किट विकसित गर्नुको मुख्य उद्देश्य भने कोरोना परीक्षणलाई सर्वव्यापी बनाउनु रहेको उनको भनाइ छ । ‘ल्याब इन द ब्याकप्याक’ले सस्तो र सहज परीक्षणमा मद्दत पुग्ने स्टोयनको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण