पर्सामा प्रहरी जवान मृत फेला परे
पर्सामा एक प्रहरी जवानको शव फेला परेको छ । ईलाका प्रहरी कार्यालय परवानीपुर बारामा दरबन्दी रहेका प्रहरी जवान रिपुकुमार गिरीको शनिवार राति शव फेला परेको हो । पर्साको पोखरिया नगरपालिका १ स्थित वनकटवाका प्रहरी जवान गिरी साथीको कोठामा मृत अवस्थामा फेला परेका हुन् । घर विदामा रहेको अवस्थामा गिरीको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
शनिबार राति पोखरिया बजार बस्ने साथी जितेन्द्र रौनियारको कोठाभित्र गिरी अचेत अवस्थामा फेला परेका थिए । त्यसलगत्तै उपचारका लागि अस्पतालमा पुर्याइएका गिरीलाई चिकित्सकले मृत घोषित गरेको पर्सा प्रहरीका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
उनको मृत्युको कारण खुलिनसकेको प्रहरीले बताएको छ । गिरीको शव फेला परेको घरमा बसिरहेका दुई जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खनालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपेन्द्र यादवको लागि अदालतको ढोका खुला छ : राई
-
किन फुट्यो जसपा नेपाल ? यस्ता छन् अशोक राई पक्षको तीन तर्क
-
ललितपुरमा बसबाट खसेर बालिकाको मृत्यु
-
के छ केदार कार्कीले दर्ता गरेको रिटमा ? (पूर्णपाठ)
-
गठबन्धन फेर्ने गतिविधि ‘अन्डरकरेन्ट’ रूपमा चलिरहेको थियो : अध्यक्ष राई
-
बालमन्दिर जग्गा घोटालामा को–को विरुद्ध जारी भयो पक्राउ पुर्जी ? (नामावलीसहित)