रुस–युक्रेन युद्धको सम्भावना खारेज गर्न शान्ति माग गर्दै समाजद्वारा प्रदर्शन
रुस र युक्रेनबीच बढ्दो तनाव अन्त्य गर्न र युद्धको कुनैपनि सम्भावनालाई खारेज गर्न आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ । समाजले बिहीबार बुटवलको चौराहामा प्रदर्शन गरेको हो । प्रदर्शनमा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले युद्ध टार्ने कुटनीतिमा जोड दिँदै युद्धको कुनै पनि संभावनालाई खारेज गर्न संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय समुदायले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे ।
प्रदर्शनमा रुस र युक्रेनलाई युद्ध रोक्दै शान्ति प्रवद्र्धन गर्न र जनताको शान्तिको अधिकारको सम्मान गर्न आग्रह गरिएको थियो । सहभागीहरुले ‘युद्धमा कसैले पनि जित्दैनन् पराजित केवल मानवता हुने गर्छ,, युद्धमा सवैको क्षय हुन्छ, शान्ति मा सवैको जय हुन्छ’ लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थिए । आधा घण्टा गरिएको प्रदर्शनमा शान्ति समाजका सदस्य तथा शुभ चिन्तकहरुको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण