बर्दियामा बस पल्टिँदा ३५ घाइते, दुईको अवस्था गम्भीर
बिहीबार, २० माघ २०७८, १३ : ४३
बर्दियामा बिहीबार बस आफै अनियन्त्रित भई सडकमा पल्टिँदा ३५ जना घाइते भएका छन् । यसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । कालिकोटबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ५ ख ५३८२ नम्बरको बस बर्दियाको बासगढी नगरपालिका– ३ पूर्व–पश्चिम राजमार्गको सडकमा पल्टिँएको हो ।
घाइतेमध्ये २० जना पुरुष र १५ जना महिला रहेका छन् । गम्भीर रहेका २ जनालाई उपचारका लागि कोहलपुर अस्पतालमा पठाइएको बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले बताए । उनका अनुसार अन्य घाइतेहरूको स्थानीय कौशिल्या अस्पताल बासगढीमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण