शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो देखियो पशुपतिमा बालाचतुर्दशी (हेर्नुस फोटो फिचर)

बिहीबार, ३० कात्तिक २०७४, १८ : ५०
बिहीबार, ३० कात्तिक २०७४

काठमाडौं – पशुपतिनाथलगायत देशका विभिन्न शक्तिपीठमा शतबीज छरेर बालाचतुर्दशी मनाइँदै छ । आज देशभर पूर्वदेखि पश्चिम नेपालसम्मका शिवालयहरुमा मानिसहरु आफ्नो पितृको सम्झना गर्दै यो पर्व मनाउँछन् ।

 कृष्ण चतुर्दशीका अवसरमा यसरी बालाचतुर्दशी माइने गरिन्छ । बाला चर्तुदशीलाई सनातन हिन्दू धर्म अन्तर्गत विशिष्ट महत्वको मानिन्छ ।

आजकै दिन विशेष गरी पशुपतिमा राजधानी लगायत टाढा टाढाबाट शतबीज रोपण पर्वका रुपमा पितृको सम्झना गर्दै उद्धारका लागि शतबजि छर्ने सस्कार रहेको छ । देशभरका शिवालयहरुमा दीप प्रज्वलन गरी रातभरि जाग्राम बसी चर्तुदशीको दिन शतबीज छरिन्छ । 

रातभर पितृको सम्झनामा बत्ती बाली जाग्राम बस्ता पितृलोक झलमल्ल हुने जन विस्वास रहिआएको छ ।  धान , जौ तिल, गहुँ चना, मकै लगायत छर्दै  पितृको सम्झना गरिने प्रचलन छ । 


शतबीज अर्थात सयथरी अन्न अनाज छर्ने भएिता पनि विशेष गरी गँहु धान  जौ लि मकै लगायत प्रमुखरुपमा शतबीजको रुपमा छर्ने गरिदै आएको पाइन्छ ।

भगवान् शिव मृगरूप लिएर घुम्नुभएको पुण्यक्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवंगत आत्माले पनि मुक्ति पाउने विश्वास गरिन्छ ।

   वाग्मती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गर्नुभएको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृग आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किंवदन्ती पनि छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप