प्रदेश सभालाई सुचारु गर्न प्रदेश प्रमुख शेरचनको आग्रह
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले ऐन कानुन बनाउने प्रदेश सभालाई अन्योलमा नराख्न आग्रह गरेको छन् । उनले जनताको आवाज उठाउने ठाउँ र ऐन कानुन बनाउने जस्तो गरिमा बोलेको प्रदेशलाई अन्योल नगरी सुचारु गर्न आग्रह गरेका छन् । लुम्बिनी प्रदेश सभाको चौथो स्थापना दिवसको अवसरमा भर्चुअल रूपमा सम्बोधन गर्दै शेरचनले दलहरू बीचको मत भिन्नतालाई छुट्टै छलफलको विषय बनाएर संसद् सुचारु गर्न आह्वान गरेका हुन् । प्रदेशमा विगत विभिन्न कार्यक्रम गरेर मनाए पनि अहिले कोभिडको कारण देखाउँदै भर्चुअल कार्यक्रम गरिएको थियो । सो अवसरमा बोल्दै प्रमुख शेरचनले प्रदेश सभाका समस्या आपसी छलफल र संवादबाट समाधान गर्न आग्रह गरेका हुन् । लुम्बिनीमा नयाँ सरकार गठन भएसँगै लुम्बिनी प्रदेश सभालाई प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध गदै आएको छ ।
प्रदेश सभाले तीन वर्षको अवधिमा ५९ वटा कानुन बनाएकोमा पछिल्लो एक वर्षमा आठवटा थप कानुन सहित चार वर्षे अवधिमा ६७ वटा कानुन बनाएको जनाएको छ । सभामुख पूर्ण बहादुर घर्तीले प्रदेशसभाले तीन वर्षपछि दुई तिहाई बहुमतका आधारमा प्रदेशको स्थायी राजधानी तोक्न र नामकरण गर्न भने सफल भएको बताए । सो अवसरमा मुख्यमन्त्री कुल प्रसाद केसीले सरकार प्रदेशका जनताको भावनासँगै विकासको लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै नयाँ ठाउँमा प्रदेश सभाको भवन निर्माण काम अन्तिम चरणमा रहेको बताए । स्थायी राजधानीमा निर्माणको पनि तीव्र रूपमा अगाडि बढेको बताए ।
यस्तै प्रमुख प्रतिपक्ष दल एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेशसभाको अवरोध हटाउन लागि सत्तापक्षले ध्यान नदिएको आरोप लगाए । उनले प्रदेशसभा रहेका विभिन्न समितिहरूलाई पूर्णता दिनको लागि सत्ता धेरै जिम्मेवार रहनु पर्ने र त्यसको लागि पहल गर्नु पर्ने बताए । नेपाली काँग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले दुई जना सांसदको विषयलाई लिएर प्रतिपक्षले हलो अड्काउने काम गरेको आरोप लगाए । उनले प्रदेश सभाको अवरोध हटाउनको लागि पहल गरे पनि प्रतिपक्ष आफ्ना मागलाई निहुँ बनाएर संसद् अवरोध गर्न चाहेको बताए । स्थापना दिवसका अवसरमा प्रदेशका १२ जिल्लाका माध्यमिक विद्यालयमा संघीयता कार्यान्वयनमा प्रदेशसभाको भूमिका विषयक निबन्ध प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा प्रथम पुरस्कार १५ हजार, दोस्रो १० हजार, तेस्रो आठ हजार र सान्त्वना पाँच हजार रूपैयाँ राशिको पुरस्कार र प्रमाणपत्र समेत हस्तान्तरण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण