बेहुली लिएर फर्कँदै गरेको जिप दुर्घटना : ८ जनाको मृत्यु, ५ घाइते
शनिबार, २२ माघ २०७८, ०८ : ०९
प्युठानमा भएको जिप दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ । भने ५ जना घाइते भएका छन् । शनिबार बिहान ३ बजे नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको जिप दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डिएसपी सत्यनारायण थापाका अनुसार ग १ ज ५०९२ नम्बरको जिप ओखरपाटास्थित करिब १ सय ५० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो । मृतकको पहिचान खुल्न सकेको छैन । बेहुलासहित ५ जना घाइते छन् । घाइतेलाई थप उपचारका लागि बुटवल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण