पाल्पा प्रशासनले आइतवारदेखि सेवा दिने
शनिबार, २२ माघ २०७८, १० : ३३
कार्यालयका कर्मचारीमा कोभिड सङ्क्रमण देखिएपछि बन्द रहेको जिल्ला प्रशासन कार्यालय पाल्पाले अब नियमित सेवा दिने जनाएको छ । सङ्क्रमणका कारण बन्द रहेका जिल्ला प्रशासन कार्यालय, ईलाका प्रशासन कार्यालय रामपुर तथा जिल्ला निर्वाचन कार्यालय पाल्पाले आइतवारदेखि सेवा नियमित गर्ने भएको हो ।
जिल्ला प्रशासन कार्यालय पाल्पाले सूचना जारी गर्दै मतदाता नामावली सङ्कलनको कार्य समेत नियमित हुने जनाएको छ । सेवाग्राहीले सेवा लिन आउदा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने तथा कोभिड १९ विरुद्धको खोप कार्ड, प्रतिलिपि वा मोबाइलमा खिचेको फोटो साथमा लिएर आउनुपर्नेछ । कार्यालयका कर्मचारीमा कोभिड सङ्क्रमण देखिएपछि गत माघ १४ गते देखि प्रशासनले स्वास्थ्य सर्तकता अपनाउँदै सेवा स्थगित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण