शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

तानसेन बजारमा एक पुरुष मृत फेला

शनिबार, २२ माघ २०७८, १३ : २२
शनिबार, २२ माघ २०७८

शनिवार पाल्पाको सदरमुकाम तानसेन बजारमा एक पुरुष मृत फेला परेका छन् । तानसेन–४ शिलखानटोल स्थित सडकको भित्तामा ३८ वर्षीय वसन्त गिरी मृत फेला परेका हुन् । पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाकाअनुसार उनको पुर्ख्यौली घर कहाँ हो र बाबु आमा को–को हुन् भन्ने खुलेको छैन । सानै उमेरदेखि सडक मजदूरी गरेर जिविका चलाउँदै आएका गिरी तानसेन नगरपालिका–४ स्थित डेरामा बस्न गर्थे । 

लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा केहि दिनयता वर्षासहित हिमपात भएपछि निकै चिसो बढेको छ । गिरीको चिसोले कठाङ्ग्रिएर मृत्यु भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ । लुम्बिनी प्रदेशमा शुक्रबार  ३ जना मृत फेला परेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप